अर्चलबोटमा जुवाखाल चलाउने भलिबलका राष्ट्रिय रेफ्री राम पुन पक्राउ

काठमाडाैं | बैशाख १४, २०७९

अर्चलबोटमा  जुवाखाल चलाउने भलिबलका राष्ट्रिय रेफ्री राम पुन पक्राउ

पाेखराः जुवाखाल सन्चालन गरेकाे सूचनाकाे आधारमा पोखरा ३ नदीपुर बस्ने राम पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जुवातास खेलाएका पुनसँगै जुवातास खेल्दै गरेका अन्य ९ जनालाई मंगलबार बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका २ अर्चलबोटबाट पक्राउ गरिएको हो ।

 

‘सबै प्रोपाइलहरु थाहा छैन । को कुन पार्टीमा आवद्ध छ, के प्रोफाइलको हो भन्ने कुरा हामीलाई थाहा हुदैन हामी विभाग हो, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभासँग भने, ‘हामीले जुवामा पटके होकी हैन भन्ने मात्रै हेर्छाै ।

 

म्याद थप भएपछि प्रेस रिलिज आउँछ ।’ पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि आज (बुधबार) म्याद थप गरिने बताईएको छ । स्रोतका अनुसार जुवा खेलाएका राम पुन राष्ट्रिय भलिबल रेफ्री हुन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्